मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
समाचार

काठमाडौँ महानगरपालिकाद्वारा वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

बहुवर्षीय कार्यक्रमहरूलाई आगामी वर्ष पनि निरन्तरता
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ जेठ, २०८३ मा प्रकाशित
काठमाडौँ महानगरपालिकाद्वारा वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौं, जेठ ३१ :

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित नगरसभाको १९ औँ अधिवेशनमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । महानगरले आगामी आर्थिक वर्ष पनि सांस्कृतिक सहर, समृद्ध महानगरको नारालाई आत्मसाथ गर्दै आफ्ना भावी योजनाहरू अगाडि सारेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख डंगोलले काठमाडौँको ऐतिहासिकता, सांस्कृतिक सम्पदा, भौतिक र आधुनिक सहरी सभ्यतालाई मुख्य आधार बनाएर आगामी वर्षको योजना तर्जुमा गरिएको जानकारी दिइन् । चालु आर्थिक वर्ष २०८२/८३ को १७ औँ अधिवेशनबाट स्वीकृत नीति, कार्यक्रम र बजेटको समीक्षा गर्दै अपूरा रहेका बहुवर्षीय कार्यक्रमहरूलाई आगामी वर्ष पनि निरन्तरता दिइएको उनले बताइन् । महानगरपालिकाले काठमाडौँलाई समावेशी, सुशासनयुक्त, प्रविधिमैत्री, सुरक्षित, स्वच्छ, स्वस्थ, हरित र नवप्रवर्तनमुखी स्मार्ट सहरको रूपमा रूपान्तरण गर्ने दीर्घकालीन सोच राखेको उनको भनाइ छ ।

त्यस्तै महानगरपालिकाले सम्पादन गर्ने कार्य सम्बन्ध विषय क्षेत्रमा विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई अर्न ह्वाइल यु लर्न’ अवधारणा अनुसार इन्टर्नसिप, फेलोसिप र पार्टटाइम इन्गेजमेन्ट कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ । यसका साथै सवारी पार्किङ व्यवस्थापन सम्बन्धमा अध्ययन गरी कार्यान्वयन गरिने विषय पनि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार