बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

अहिले भइरहेको प्रयोगशालालाई समेत सुदृढ गर्ने सरकारको नीति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ असार, २०८३ मा प्रकाशित
विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने
काठमाडौं, असार १ :

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तर र थप विश्वश्नीय बनाउन आवश्यक कानुन बनाउन खोजेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकसम्बन्धी छलफलका क्रममा मन्त्री पुनले नेपालमा धेरै प्रयोगशाला भएपनि राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बहुउपयोगी र विश्वश्नीय बनाउन आवश्यक कानुन बनाउन खोजेको बताएका हुन् ।

उनले विधेयकमाथि विज्ञहरुको राय सुझाव निकै महत्वपूर्ण रहेको बताए। उनले अहिले भइरहेको प्रयोगशालालाई समेत सुदृढ गर्ने सरकारको नीति भएको भन्दै अहिलेको विधेयकले भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको क्षेत्रलाई मात्रै हेर्ने धारणा राखे ।

बैठकमा विज्ञहरुले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला गुणस्तरीय र विश्वसनीय बनाउन सक्ने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनीहरुले राष्ट्रिय प्रयोगशाला भएकाले गोपनियताका साथै सुरक्षाका विषयमा समेत आवश्यक व्यवस्थासहितको कानुन बनाउनुपर्ने धारणा राखेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार