आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति

पार्टी नेतृत्वप्रति अनावश्यक कचिङ्गल पैदा गर्ने कोसिस भइरहेको छ, निराशाको खेती नगर्न प्रचण्डको सुझाव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ असार, २०८३ मा प्रकाशित
पार्टी नेतृत्वप्रति अनावश्यक कचिङ्गल पैदा गर्ने कोसिस भइरहेको छ, निराशाको खेती नगर्न प्रचण्डको सुझाव
काठमाडौं, असार ५ :

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीका केहि नेताहरुलाई सुझाव दिएका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ गर्दै संयोजक प्रचण्डले कतिपय मानिसहरू पार्टी, आन्दोलन र नेतृत्वप्रति अनावश्यक कचिङ्गल पैदा गर्ने कोसिसमा रहेको भन्दै प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीभित्रका नेताहरुलाई सुझाव दिए ।

प्रतिक्रियावादीहरूले लोकतन्त्र र गणतन्त्रको निम्ति, संघीयता र समावेशिताको निम्ति लडेका स्थापीत पार्टीहरुलाई कमजोर पार्ने षड्यन्त्र अहिले पनि अगाडि बढाइराखेको उनले बताए । 

प्रचण्डले जानेर वा नजानेर पार्टीभित्रकै केही नेताहरुले निराशा बाढ्ने काम गरेको आरोप लगाए । त्यस्तै उनले सरकारको नीति तथा कार्यक्रम, बजेट र कार्यशैली सबै गरिब, मजदुर, किसानका विरुद्ध छ भन्ने कुरा प्रष्ट देखिएको बताए ।

सरकारको श्रमिक वर्ग विरोधी, गरिब मजदुर किसान विरोधी र जनताका मौलिक अधिकार, ट्रेड युनियन अधिकार लगायतका अधिकार विरोधी क्रियाकलापका विरुद्ध सबै मोर्चाबाट आवाज उठाउने उनले बताए । सदस्यता नवीकरणको सुरुवातसंगै यसले पार्टीलाई अझै व्यवस्थित बनाउन योगदान गर्ने विश्वास लिएको समेत प्रचण्डले बताए ।

त्यस्तै नेकपाका सह–संयोजक माधव कुमार नेपालले जनतालाई केन्द्रबिन्दुमा राखेर सामाजिक, आर्थिक रुपान्तरणको एजेण्डासहित पार्टी अघि बढ्ने धारणा राखे । पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यकता अनुसार प्रशिक्षण दिएर पार्टीको नीति स्पष्ट रुपमा जनतामाझ लान सक्ने गरि तयारी गरिने उनको भनाइ छ । नेकपाले आगामी दुई महिना डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरणलाई अभियानकै रुपमा अघि बढाउने जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार