शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की #दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव#कर्णाली याक्स#आईजीपी कार्की
समाचार

ललितपुरमा ४३ राहदानी घरमै वितरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १० असार, २०८३ मा प्रकाशित
ललितपुरमा ४३ राहदानी घरमै वितरण
ललितपुर, असार १० :

 जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३ सेवाग्राहीलाई राहदानी घरमै वितरण गरेको छ ।

नेपाल सरकारले हुलाकमार्फत सरकारी कागजात सेवाग्राहीको घरमै पु¥याउने व्यवस्था लागू गरेपछि गत वैशाख २२ गतेदेखि ललितपुरमा उक्त सेवा सुरु गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म ६४ सेवाग्राहीले घरमै राहदानी बुझ्ने विकल्पसहित आवेदन दिएकामध्ये ४३ जनाले राहदानी प्राप्त गरिसकेका छन् भने बाँकी राहदानी निर्माण प्रक्रियामा छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार कार्यालयबाट मासिक करिब एक हजार १०० राहदानी जारी हुने गरेका छन् । घरमै राहदानी प्राप्त गर्ने सेवाप्रति सेवाग्राहीको आकर्षण क्रमशः बढ्दै गएको बताइन् । उनका अनुसार ललितपुरका केही स्थानीय तह भौगोलिक रूपमा दुर्गम भएकाले घरमै सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई सहज भएको छ । यद्यपि धेरै सेवाग्राहीले छिटो र सहज रूपमा राहदानी प्राप्त गर्न कार्यालयमै उपस्थित भएर बुझ्ने गरेका छन् ।

जिल्ला हुलाक कार्यालय ललितपुरले राहदानी घरमै प्राप्त गरेपछि सेवाग्राहीले सकारात्मक प्रतिक्रिया दिएको जनाएको छ । कार्यालयका अनुसार हालसम्म गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र बागमती गाउँपालिकासम्म राहदानी वितरण गरिएको छ ।

जिल्ला हुलाक कार्यालयकी प्रमुख रमा पन्तले घरमै राहदानी सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको बताइन् । उनका अनुसार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका सेवाग्राहीले यो सेवा बढी उपयोग गरेका छन् भने दुर्गम गाउँपालिकाबाट सेवाग्राहीको सहभागिता अपेक्षाअनुसार कम रहेको छ । स्रोतसाधनको सीमितताका कारण कहिलेकाहीँ सेवामा केही ढिलाइ हुन सक्ने भए पनि सेवा भरपर्दो रहेको उनले बताए । सरकारी तथा बैंकिङसम्बन्धी कागजात आदान–प्रदानमा हुलाक सेवाको प्रयोग अझै उल्लेख्य रहेको प्रमुख पन्तको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार