चितवन, असार ११ :

मध्यरातीबाट सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा मतदान अहिले जारी छ ।  रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको छ ।

यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १० बजेसम्म जारी रहने केसीले जानकारी दिनुभयो ।

निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । रास्वपाको महाधिवेशनमा ४ हजार दुई सयको संख्यामा प्रतिनिधि मतदाता छन् । मतदान भोटिङ मेसिनबाट भईरहेको छ ।

यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।