चितवन, असार १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एक महामन्त्रीका लागि ८ जनाको उम्मेदवारी परेको छ ।  विपिन आचार्यलाई समर्थन गर्दै निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, शिशिर खनाल, जगदीश खरेल र प्रमोद न्यौपानेसहित ५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । आचार्य सपभाति रवि लामिछाने निटक नेता हुन्। यसअघि उनी सहमहामन्त्री रहेका थिए।

पदाधिकारी चयनमा सर्वसम्ममत गराउने प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत टुंगो लगाइने भएको छ। रास्वपाको विधानअनुसार, चुनावबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। खुल्लातर्फ एकमात्र उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।