बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी #आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी
समाचार

व्यवस्थापनमा ढिलाई गरिएको भन्दै काठमाडौंमा भूमिहीन सुकुम्वासीको प्रदर्शन

असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्नु पर्ने
· शुक्रबार, १२ असार, २०८३ मा प्रकाशित
व्यवस्थापनमा ढिलाई गरिएको भन्दै काठमाडौंमा भूमिहीन सुकुम्वासीको प्रदर्शन
काठमाडौं, असार १२ :

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाई गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । सुकुम्वासीहरुको व्यवस्थापन नै नगरी होल्डिङ सेन्टर छाड्न उर्दी जारी गरेको भन्दै सुकुम्वासी केन्द्रीय संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेसम्म होल्डिङ सेन्टर छाड्न समय थप गरेको छ । गत बैशाखमा उपत्यकाभित्रका नदी किनाराका सुकुम्वासी बस्तीहरू हटाएसंगै उनीहरुलाई होल्डिङ सेन्टरमा राखिएको थियो ।

सुकुम्वासीहरूलाई तत्कालका लागि घर भाडा उपलव्ध गराइने भन्दै होल्डिङ सेन्टर खाली गर्न सूचना जारी भएपछि होल्डिङ सेन्टरमा बस्दै आएकाहरुले विरोध जनाएका हुन् । उनीहरुले सुकुम्वासीमाथि भएको राज्य आतंक बन्द गर, भत्काइएका सुकुम्वासीको घरटहराको क्षतिपूर्ति दे, सुकुम्वासीको पहिचान गरी पुनस्र्थापना गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए  । 

बैकल्पिक व्यवस्था नदिई सुकुम्वासीहरुलाई होल्डिङ सेन्टरबाट पनि हटाएर अलपत्र पार्न खोजिएको भन्दै आन्दोलन गर्नु परेको संघर्ष समितिले जनाएको छ । उनीहरुले सरकारले आफूहरुको उचित व्यवस्थापन नगरे पुनः पुरानै ठाँउमा गएर बस्ने चेतावनी दिएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार