सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

नागरिकता र लालपुर्जाको माग गर्दै सुस्तावासी काठमाडौंमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ असार, २०८३ मा प्रकाशित
नागरिकता र लालपुर्जाको माग गर्दै सुस्तावासी काठमाडौंमा
काठमाडौं, असार १६ :

सुस्तावासी नागरिकता र लालपुर्जा माग गर्न काठमाडौँ आएका छन् । सीमासम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट थप दुःख र अवरोध भोग्नुपरेको भन्दै सुस्ता क्षेत्रका बासिन्दा नागरिकता र लालपुर्जाको माग गर्दै काठमाडौं आएका हुन्।

सुस्तावासीहरूले नेपाली नागरिकता र जग्गाको स्वामित्व प्रमाणित गर्ने लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गर्दै आजदेखि काठमाडौंस्थित माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना सुरु गर्ने बताएका छन्।

उनीहरूका अनुसार नागरिकता र लालपुर्जा नहुँदा शिक्षा, स्वास्थ्य, सरकारी सेवा तथा अन्य आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको छ। सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट पटक–पटक दुःख पाउँदै आएको दाबी गर्दै उनीहरूले आफ्नो समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार