बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

भाद्र २३ र २४ को हिंसा र लुटपाटका घटनालाई सरकारले वैधानिकता दियो : ओली

सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा पर्‍यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ असार, २०८३ मा प्रकाशित
भाद्र २३ र २४ को हिंसा र लुटपाटका घटनालाई सरकारले वैधानिकता दियो : ओली
फाइल तस्बिर ।
काठमाडौं, असार १६ :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाद्र २३ र २४ गते भएको तोडफोड, हिंसा, हत्या र लुटपाटका घटनालाई वैधानिकता दिने काम भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न शक्तिहरूले संवैधानिक रूपमा नसकेपछि असंवैधानिक तवरले तोडफोड, हिंसा, हत्या र लुटपाट जस्ता उपद्र मचाएर सरकार ढाल्ने बाटो रोजेको र त्यसलाई अहिले वैधानिकता दिने काम भएको बताए ।

उनले भूकम्प, कोभिड–१९ महामारीका कारण ध्वस्त भएको अर्थतन्त्रलाई माथि उठाउनुका साथै शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रलाई अगाडि बढाउने प्रयत्न गरेको तर कसैलाई त्यो कुरा सह्य नभएको तर्क गरे । उनले सबै जनताले न्याय पाउने र भयमुक्त, शान्तिपूर्ण नेपाल निर्माणको प्रणालीबाट आफूहरू पुनः अगाडि बढ्ने उल्लेख गरे ।

त्यस्तै अध्यक्ष ओलीले विश्वकप फुटबलमा नेपालभन्दा साना र भर्खरै विकासशील चरणमा प्रवेश गरेका देशहरुले उत्कृष्ट प्रदर्शन गर्दा नेपालमा भने सरकारको हस्तक्षेपका कारण एन्फा कारबाहीमा परेको तर्क गरे ।

उनले नेपालमा खेलकुदको विकासका लागि खेलाडीले उपयुक्त शारीरिक विकास गर्न नपाउने जस्तो स्थिति हुन नहुने बताए। खेलकुद महासंघले खेल मात्र खेल्ने नभई, देशको अवस्था बुझ्ने र देशप्रति जिम्मेवार नागरिकका रूपमा खेलाडीहरू उत्पादन गर्नुपर्ने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार