बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

घण्टी घरमा सुशासनको शपथ, कालो सिसाले ढाकिएको नेताहरुको नैतिकता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १७ असार, २०८३ मा प्रकाशित
घण्टी घरमा सुशासनको शपथ, कालो सिसाले ढाकिएको नेताहरुको नैतिकता
काठमाडौं, असार १७ :

देशभर ट्राफिक प्रहरीले कालो सिसा हटाउने अभियान चलाइरहेको छ। सर्वसाधारणले जरिवानाको डरले मात्र नभइ कानुनको सम्मान गर्दै आफ्ना गाडीबाट धमाधम कालो सिसा हटाएका छन्। तर सरकारको नेतृत्व गरिरहेको दलका केही नेताहरू भने कालो सिसावाला गाडीमै सयर गरिरहेका छन् ।

कहिले सुशासनको घण्टी बजाउने, कहिले कानुन सबैका लागि बराबर भन्ने तर, आफ्नै गाडीमा भने कालो सिसा यथावत् राख्ने? यस्तो देखिँदा नागरिकले कानुन जनताका लागि मात्र हो कि नेताका लागि पनि? भनेर प्रश्न सोध्नु स्वाभाविक हो ।

बुधबार घण्टीघरमा आयोजित शपथग्रहण कार्यक्रममा पुगेका केही नेताहरूका सवारीमा कालो सिसा देखिएपछि प्रश्न उठेको छ । सुशासनको सुरुवात आफ्नै गाडीबाट किन भएन? प्रहरीले सर्वसाधारणको गाडी रोकेर कालो सिसा उखेल्ने, तर सत्तादलको नेताहरुको गाडी भने नदेखेजस्तो गर्नु ठिक भएन सर्वसाधारणको गुनासो छ ।

झन् विडम्बना त के भने, सरकारले नै अभियान चलाएको छ, जरिवाना बढाएको छ र नागरिकलाई नियम पालना गर्न आग्रह गरेको छ। यस्तो अवस्थामा आफ्नै दलका नेताहरूले उदाहरण प्रस्तुत गर्नुपर्थ्यो। यदि नियम सबैका लागि बराबर हो भने कालो सिसा हटाउने अभियानको सुरुवात नेताहरूको गाडीबाट हुनुपर्थ्यो, तर यहाँ सर्वसाधारणबाट गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार