आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको एकाइ सञ्चालन

कर्मचारीहरुलाई स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता अन्त्य
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १९ असार, २०८३ मा प्रकाशित
सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको एकाइ सञ्चालन
काठमाडौं, असार १९ :

सिंहदरबारमै निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा एकाइ सञ्चालनमा ल्याइएको हो ।

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो ।

निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा एकाइ राखिएको मन्त्रालयले जनाएको छ । उक्त सेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षणलगायत स्वास्थ्य सेवाहरू उपलब्ध गराइने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार