बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

साउन ३ गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको निर्णय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २१ असार, २०८३ मा प्रकाशित
साउन ३ गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने कांग्रेसको निर्णय
काठमाडौं, असार २१ :

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने अवधि आगामी साउन ३ गतेसम्म थप गरेको छ।

महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले यसअघि तोकिएको समयावधि बढाउने निर्णय गरेको हो। समितिका सदस्य तथा सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण साउन ३ गतेसम्म जारी रहनेछ।

‘नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय साउन ३ गतेसम्म थप गर्ने निर्णय भएको छ,’ उनले बताए।

यसअघि कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय असार २० गतेसम्म तोकेको थियो। पार्टीले यसपटक अनलाइनमार्फत पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिने व्यवस्था गरेको छ।

कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार