सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम #प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम
राजनीति

जभाभावि संविधान संशोधन गरे मुलुकमा गम्भीर खतरा हुने : हर्क साम्पाङ

संविधानको मूल संरचनामाथि छेडछाड नगर्न आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ असार, २०८३ मा प्रकाशित
जभाभावि संविधान संशोधन गरे मुलुकमा गम्भीर खतरा हुने : हर्क साम्पाङ
काठमाडौं, असार २२ :

 श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानको आधारभूत संरचनामाथि तलमाथि गर्न खोजिए मुलुकमा गम्भीर समस्या हुने खतरा रहेको बताएका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष साम्पाङले संविधानको आधारभूत संरचनालाई यथावत राखेर अन्य विषय संशोधन गर्न सकिने भन्दै जभाभावि संशोधन गरे मुलुकमा गम्भीर समस्या हुने खतरा रहेको बताए ।

उनले प्रतिपक्ष भनेको पनि सरकारकै एउटा हिस्सा अर्थात गभर्मेन्ट इन वेटिङ भएकोले आफूहरूले दिएका रचनात्मक सल्लाह र सुझावलाई सरकारले सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे । उनले  नेपालमा हुने सडक वा अन्य दुर्घटनाहरूको सूक्ष्म अनुसन्धान हुनुपर्नेमा समेत जोड दिए । प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनिकरणका लागि आधारभूत शिक्षा र सूचनाको व्यवस्था गर्न उनले सरकारलाई सुझाव दिए ।

उनले मलको अभावलाई लिएर सरकारलाई मात्र दोष दिने प्रवृत्तिको आलोचना गर्दै, आयातमा मात्र निर्भर नभई देशभित्रै मल उत्पादन गर्ने नीति लिनुपर्ने बताए । अध्यक्ष साम्पाङले दार्चुला–टिङ्कर सडक निर्माणलाई तीव्रता दिन माग गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार