बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

वाम एकताको चर्चा भए पनि तत्काल सम्भव छैन : अध्यक्ष ओली

पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन अन्तिम चरणमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ असार, २०८३ मा प्रकाशित
वाम एकताको चर्चा भए पनि तत्काल सम्भव छैन : अध्यक्ष ओली
काठमाडौं, असार २३ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल वाम एकताको सम्भावना नरहेको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सल्लाहकार परिषद्का सदस्यहरूसँगको सुझाव सङ्कलन कार्यक्रममा अध्यक्ष ओलीले वामपन्थी शक्तिहरूबीच एकताको चर्चा भइरहे पनि अहिलेका लागि पार्टी एकता सम्भव नरहेको बताए। उनले एमालेमा आउन चाहने सबैका लागि पार्टीको ढोका खुला रहेको उल्लेख गरे।

एमालेले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन अभियानअन्तर्गत यसअघि प्रदेश तथा विभिन्न मातहतका कमिटीबाट सुझाव लिइसकेको छ। सोही अभियानको अन्तिम चरणस्वरूप मंगलबार सल्लाहकार परिषद्का सदस्यहरूसँग सुझाव सङ्कलन गरिएको हो।

कार्यक्रममा अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति टिप्पणी गर्दै उनी प्रधानमन्त्री  बालेन्द्र शाहको "भक्तिगान" मा लागेको आरोप लगाए। वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित कार्यदलले सुझाव सङ्कलनको काम गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार