काठमाडौं, असार २६ :
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपाका नेता वर्षमान पुनले नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेका हुन् ।
उनले नयाँ आशा र विश्वासको जनमतसहित आएको वर्तमान सरकार असफलता हो? भन्दै प्रश्न गरे । त्यस्तै उनले पछिल्लो समय देशभर सवारी दुर्घटना बढ्दै गएको भन्दै दुर्घटनाको कारणका बारेमा सत्यतथ्य पत्ता लगाउदै सरकार जवाफदेही बन्न माग गरे ।
साथै उनले लुम्बिनी प्रदेशका कुल १५ जना नेपाली नागरिक कम्बोडियामा हिरासतमा रहेको भन्दै उनीहरुको वास्तविक अवस्थाको जानकारी लिन र छिटोभन्दा छिटो उद्धार गर्न माग गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त