मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
समाचार प्रदेश बागमती प्रदेश

डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा : तीन लाख भक्तजन आउने अनुमान

करोड भेटी सङ्कलन हुने पूर्वानुमान
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ असार, २०८३ मा प्रकाशित
डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा : तीन लाख भक्तजन आउने अनुमान
काठमाडौं, असार २९ :

प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एक महिने श्रावणी मेलाको तयारी पूरा भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वरमा ३८ दिनसम्म चल्ने श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए।

मेला अव्धिभर तीन लाखबढी भक्तजन आउने अनुमान गरिएकाले सोहीअनुसारको व्यवस्थापन मिलाइएको छ । मेलामा शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने तथा यसपटक भारतीय धार्मिक पर्यटकको सङ्ख्या वृद्धि हुने अनुमान गरिएको छ । मेलाभर एक महिनाको अवधिमा यस पटक रु एक करोड भेटी सङ्कलन हुने पूर्वानुमान गरिएको छ ।

मेलामा आउने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राखी  मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।

मेलालाई व्यवस्थित र सुरक्षित तुल्याउन सिसी क्यामरा जडान, लाइन व्यवस्थापनका लागि स्वयंसेवक परिचालन, यातायातका सवारीसाधन व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।केही वर्षयता डोलश्वर महादेव मन्दिरमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएसँगै त्यस मन्दिर र श्रावणी मेलाको धार्मिक महत्वबारे अन्तरराष्ट्रियरुपमा समेत चर्चा हुन थालेको छ ।

समितिका महासचिव हरिशरण बस्नेतले मेलामा प्रत्येक सोमबार र शनिबार धार्मिक गुरुबाट धार्मिक प्रवचन  तथा दैनिक रुपमा भजनकीर्तन हुनेछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार