बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

राज्यले नागरिकको मानवीय मर्यादालाई बेवास्ता गर्न मिल्दैन : सुहाङ नेम्वाङ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ असार, २०८३ मा प्रकाशित
राज्यले नागरिकको मानवीय मर्यादालाई बेवास्ता गर्न मिल्दैन : सुहाङ नेम्वाङ
काठमाडौै, असार २९ :

नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले कानुनको कार्यान्वयन गर्दा राज्यले नागरिकको बास, परिवारको सुरक्षा, बालबालिकाको भविष्य र मानवीय मर्यादालाई बेवास्ता गर्न नमिल्ने बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा सांसद नेम्वाङले सुकुम्वासीको पुन:स्थापनामा गम्भीर हुन आग्रह समेत गरे।

उनले सरकारले भूमिहिन, सुकुम्वासीलाई राहत, अस्थायी व्यवस्थापन र धनीपुर्जा वितरण गर्ने प्रक्रिया सुरु गर्नु सकारात्मक भएपनि प्रभावकारी हुन नसकेको धारणा राखे । संसदीय समितिको अनुगमनका क्रममा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूले सरकारप्रति ठुलो भरोसा देखाएपनि अहिले उक्त भरोसा टुट्टै गएको उनले बताए ।

उनले वास्तविक भूमिहीन र जोखिममा रहेका नागरिकको स्पष्ट पहिचान गरी सुरक्षित आवास, रोजगारी, स्वास्थ्य र शिक्षा सहितको समयसिमाबद्ध पुनस्र्थापना योजना समितिमा पेस गर्न माग गरे ।

त्यस्तै सांसद नेम्वाङले होल्डिङ सेन्टरमा रहेका नागरिकका विषयलाई औपचारिकता र अनुगमनमा मात्र सीमित नराखी, उनीहरुका लागि भएका कामहरु समितिको हरेक बैठकमा जानकारी गराउने व्यवस्था गर्न पनि आग्रह गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार