उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका छन् । उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेखहमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न कतारको तीनदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उपराष्ट्रपति यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बिदाइ गरेका थिए । सो अवसरमा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च अधिकारी उपस्थित थिए ।
भ्रमणका क्रममा उपराष्ट्रपति यादवले असार ३१ गते कतारका अमिर शेख तमिम बिन हमद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पठाइएको शोक सन्देश हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपराष्ट्रपति यादवसँग नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू पनि सहभागी हुनेछन्। उनी यही असार ३२ गते स्वदेश फर्कने छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ