बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति अर्थतन्त्र

स्वदेशी जुत्ता-चप्पल उद्योग प्रवर्धन गर्न सरकारले सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न व्यवसायीको आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १ साउन, २०८३ मा प्रकाशित
स्वदेशी जुत्ता-चप्पल उद्योग प्रवर्धन गर्न सरकारले सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं, साउन १ :

प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । 

शुक्रबार सिंहदरबारमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका पदाधिकारी र सदस्यसँग छलफल गर्दै प्रधानमन्त्री शाहले जुत्ता–चप्पल उद्योगको प्रवर्धन , आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले तीनै तहको सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताए ।

छलफलका क्रममा जुत्ता–चप्पल उत्पादक तथा व्यवसायीहरुले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न आग्रह गरेका थिए । त्यस्तै गुणस्तरहीन तथा सस्तो जुत्ता–चप्पलको आयात नियन्त्रण गर्ने तथा आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारको ध्यानाकर्षण गराइएको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरज बन्जाडेले जानकारी दिए।

त्यस्तै व्यवसायीहरुले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री व्यवस्था भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने धारणा राखेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार