बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार

कलाकार खतिवडासहित तीन जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ साउन, २०८३ मा प्रकाशित
कलाकार खतिवडासहित तीन जना पक्राउ
काठमाडौं, साउन ६ :

प्रहरीले कलाकार नारदप्रसाद खतिवडासहित तीन जनालाई पक्राउ गरेको छ। अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै नौ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कलाकार ५२ वर्षीय खतिवडा, उदयपुरको कटारी नगरपालिका–७ सिरिसे घर भई हाल ललतिपुरको नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा र नवलपरासीको बर्दघाट सुस्तापश्चिमका ५९ वर्षीय गोपालकुमार गुरुङ रहेका छन्।

असार १२ गते अध्यागमन विभागले सानेपाबाट पक्राउ गरेको  नौ जना चिनियाँ नागरिकलाई  छुटाइदिने र अध्यागमन विभागमा रहेका अरु १५ वटा राहदानी पनि झिकाइदिने भनी उनीहरुले ७२ लाख रुपैयाँमा मोलमोलाई गरेको प्रहरीको दाबी छ। यसैक्रममा उनीहरूले चिनियाँ नागरिकबाट नौ लाख रुपैयाँ भने लिइसकेको खुलेको छ । पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार