मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति भिडियो

अहिलेको सरकारजस्तै कांग्रेस पनि हुकुमी शैलीमा चलिरहेको छ : शेखर कोइराला

‘कांग्रेस कमजोर भए देश अराजकतातर्फ जान्छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ६ साउन, २०८३ मा प्रकाशित
अहिलेको सरकारजस्तै कांग्रेस पनि हुकुमी शैलीमा चलिरहेको छ : शेखर कोइराला
काठमाडौं, साउन ६ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस निरंकुश र हुकुमी शैलीतर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसको स्थापना नै निरंकुशताको अन्त्यका लागि भएको भए पनि अहिले पार्टीभित्र त्यही प्रवृत्ति देखिन थालेको बताए।

“कांग्रेस कमजोर बन्दा देश अराजकतातर्फ जान्छ। नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त्यका लागि भएको हो। तर अहिले नेपाली कांग्रेस नै हुकुमी शैलीमा चलेको महसुस भइरहेको छ,” उनले भने।

कोइरालाले पार्टी नेतृत्वलाई बीपी कोइरालाको विचार र लोकतान्त्रिक मूल्य-मान्यतालाई आत्मसात् गर्न आग्रह गर्दै व्यक्तिवाद र स्वार्थको राजनीति त्याग्नुपर्ने बताए।

उनले सदस्यता नवीकरण नगरेको भन्दै केही वडा सभापतिलाई स्पष्टीकरणबिनै जिम्मेवारीबाट हटाइएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि जनाए। त्यस्ता निर्णय स्वीकार्य नहुने भन्दै पार्टीभित्र एकता कायम राख्न नेतृत्वले पहल गर्नुपर्नेमा उनले जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार