बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

पूर्ववरिष्ठ प्रहरी उपरीक्षक साह नै ठगीमा परेपछि...

ठगीको अभियोग लागेका तीनजना पक्राउ
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ साउन, २०८३ मा प्रकाशित
पूर्ववरिष्ठ प्रहरी उपरीक्षक साह नै ठगीमा परेपछि...
काठमाडौं, साउन ७ :

नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक गोविन्दकुमार साह आफैँ ठगीमा परेको भनी दुखेसो पोखेका छन् । धितोमा रहेको आफ्नो जग्गा बैंकमा पुनःधितो राखी अरु कसैले  चार करोड ऋण लिएको थाहा पाएपछि आफू ठगीमा परेको उनले जानकारी दिए ।

धनुषाको विदेह नगरपालिका–८ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–२ मा बसोबास गर्दै आएका साहले आफू ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी दिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

पूर्वएसएसपी साहका अनुसार विसं २०७९ मा चिनजानका व्यक्तिसँग रु ९९ लाख ऋण लिइ विदेह नगरपालिका–६ तीनकौरियाको पत्नीका नाममा रहेको पाँच कठ्ठा १३ धुर दृष्टिबन्धक गरिदिएकामा उहाँलाई थाहा नै नदिइ ती व्यक्तिले अर्कालाई त्यो जग्गा पुनः धितो राखी रु चार करोड ऋण लिएका थिए ।

पूर्वसुरक्षाकर्मी साहका अनुसार ऋणको साँवा–ब्याज तिर्ने र जग्गा फिर्ता गरिदिन पटक–पटक आग्रह गर्दा ती व्यक्तिले विभिन्न बहाना बनाएपछि उनले ठगीको उजुरी दर्ता गराएका छन् ।

पूर्ववरिष्ठ उपरीक्षक साहको जाहेरीका आधारमा धनुषा प्रहरीले ठगीको अभियोग लागेका स्थानीय गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह तथा छोरा हरेराम साहलाई पक्राउ गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार