बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद

काभा भलिबल : नेपाल श्रीलङ्कासँग पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ साउन, २०८३ मा प्रकाशित
काभा भलिबल : नेपाल श्रीलङ्कासँग पराजित
काठमाडौं, साउन ७ :

पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३–२ कै सेटमा पराजित भएको थियो ।  

पकिस्तानको इस्लामावादस्थित लियाकत व्यायाम शालामा आज भएको उक्त प्रतियोगितामा श्रीलङ्कासँग नेपाल ३–२ को सेटमा पराजित भएको हो । श्रीलङ्काले आज पहिलो सेटमा २५–१८ को जित निकालेको थियो । त्यसपछि खेलको लगातार दुई सेट नेपालले आफ्नो पक्षमा पारयो । नेपाले दोस्रो सेट २५–२१ अङ्क र तेस्रो सेट २५–१९ अङ्कले जित्यो । श्रीलङ्काले चौथो सेट २५–२१ अंकले आफनो पक्षमा पा¥यो । अन्तिम सेट पनि श्रीलंकाले  १५–११ ले हराउदै जित हासिल गरयो ।

अब नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ । सिंगल राउन्ड रोविन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजकस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्वेकिस्तान छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार