बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति प्रदेश मधेस प्रदेश

रास्वपा सांसद गणेश पौडेलमाथि रौतहटमा मसी प्रहार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ८ साउन, २०८३ मा प्रकाशित
रास्वपा सांसद गणेश पौडेलमाथि रौतहटमा मसी प्रहार
रौतहट, साउन ८ :

रौतहट निर्वाचन क्षेत्र नम्बर–४ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि राति मसी प्रहार भएको छ।

गढीमाई नगरपालिका–४ स्थित पर्सा गाउँमा आयोजित ‘जनतासँग सांसद’ कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बिहीबार कार्यस्थलमै उनीमाथि पछाडिबाट मसी प्रहार गरिएको हो।

सांसद पौडेलका अनुसार जुत्ता लगाउने क्रममा केही व्यक्तिले पछाडिबाट शरीरमा मसी फालेर घटनास्थलबाट भागेका थिए।

पछिल्लो एक सातादेखि सांसद पौडेल आफ्नो निर्वाचन क्षेत्रमा ‘जनतासँग सांसद’ कार्यक्रममार्फत मतदातासँग भेटघाट र अन्तरक्रियामा व्यस्त रहेका छन्। 

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र चाँडै पक्राउ गरिने जनाएको छ । मसी प्रहारको कारण र उद्देश्यबारे भने हालसम्म खुलेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार