
काठमाडौं, साउन ११ :
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल निवासमा करिब एक घण्टासम्म भएको भेटवार्ता समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ ।
आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनाबारे पनि जानकारी गराएका थिए । उनको कुरा सुनिसकेपछि राष्ट्रपति पौडेलले बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुन:स्थापनाका लागि सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेको बताए ।