
सुनसरी, साउन ११ :
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जकामा कर्फ्युको उल्लङघन गर्दै प्रदर्शन हुन थालेपछि सडकमा सेना खटिएको छ ।
स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले सडकमा टायर बालेर आगजनी र तोडफोड सुरु गरेपछि कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको हो ।
कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज-३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्।