बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
प्रदेश कर्णाली प्रदेश

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ साउन, २०८३ मा प्रकाशित
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
सुर्खेत, साउन १२ :

नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार शाहीलाई कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्रीका रूपमा नियुक्त गरेका हुन्।

शाहीले नेकपाका १४ र नेकपा (एमाले)का १० प्रदेशसभा सदस्यको समर्थनसहित मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए। बहुमतको समर्थन प्राप्त भएपछि प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ (२) बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि मंगलबार साँझ ५ बजेसम्म बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरेका थिए।

मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित शाही तत्कालीन माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार थिए। उनी यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै शाहीले अब संविधानअनुसार निर्धारित समयभित्र मन्त्रिपरिषद् गठन गरी प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।

सम्बन्धित समाचार :

कर्णालीको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाहीको दाबी पेस
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार