मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
राजनीति

राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ साउन, २०८३ मा प्रकाशित
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
काठमाडौं, साउन १२ :

राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् ।

राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका सङ्घर्षका कठिन दिनहरूमा नेपाली कांग्रेसका नेता श्रेष्ठले पुर्‍याएको योगदान सदा स्मरणीय रहने बताए ।

उनले नेता श्रेष्ठलाई सदैव सरल र लोकतन्त्रप्रति समर्पित व्यक्तिका रूपमा आफूले चिन्ने मौका पाएको बताउँदै उनको निधनले मुलुकको लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति पुगेको महसुस गरेको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

साथै, राष्ट्रपति पौडेलले स्व श्रेष्ठप्रति श्रद्धाञ्जलीसहित दुःखको यस घडीमा शोक सन्तप्त परिवारजन र शुभेच्छुकहरूमा समवेदना व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार