
फाइल तस्बिर ।
काठमाडौं, साउन १३ :
नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
सुनसरी घटनालगायतका विषयमा छलफल र निर्णय हुने बुझिएको छ । यसअघि आज बसेको सर्वदलीय बैठकमा पनि दलका नेताहरुले प्रधानमन्त्रीले पहल गर्नु पर्ने बताएका थिए ।
त्यहाँ दुई पक्षबीचको झडपलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका छन् ।