ग्रीसमा डढेलोसँग जुधिरहेका दुई अग्नि नियन्त्रण हेलिकोप्टर आपसमा ठोक्किए
दुर्घटनाको कारण तथा मानवीय क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
सक्रिय न्युज
२ घण्टा अगाडि
प्रकाशित
काठमाडौं, साउन १७ :
ग्रीसमा डढेलो नियन्त्रण गर्ने क्रममा दुई वटा अग्नि नियन्त्रण हेलिकोप्टर आपसमा ठोक्किएका छन्। ग्रीसको अग्नि नियन्त्रण सेवाका अनुसार दुर्घटना आइतबार राजधानी एथेन्सको पश्चिम क्षेत्रमा भएको हो।
हालसम्म प्राप्त जानकारीअनुसार हेलिकोप्टरहरू डढेलो निभाउने अभियानमा खटिएका बेला एकआपसमा ठोक्किएका हुन्। दुर्घटनाको कारण तथा मानवीय क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
युरोपभर लगातार आएको भीषण गर्मीका लहर हीटवेभका कारण ग्रीससहित धेरै युरोपेली देशहरू अहिले व्यापक डढेलोको चपेटामा परेका छन्।
आइतबार ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले देशले अत्यन्तै प्रतिकूल मौसमको सामना गरिरहेको बताउँदै आगामी दिनहरू अझै अत्यन्त कठिन हुने चेतावनी दिएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।