मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार विदेश

ग्रीसमा डढेलोसँग जुधिरहेका दुई अग्नि नियन्त्रण हेलिकोप्टर आपसमा ठोक्किए

दुर्घटनाको कारण तथा मानवीय क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
सक्रिय न्युज · आइतबार, १७ साउन, २०८३ मा प्रकाशित
ग्रीसमा डढेलोसँग जुधिरहेका दुई अग्नि नियन्त्रण हेलिकोप्टर आपसमा ठोक्किए
काठमाडौं, साउन १७ :

ग्रीसमा डढेलो नियन्त्रण गर्ने क्रममा दुई वटा अग्नि नियन्त्रण हेलिकोप्टर आपसमा ठोक्किएका छन्। ग्रीसको अग्नि नियन्त्रण सेवाका अनुसार दुर्घटना आइतबार राजधानी एथेन्सको पश्चिम क्षेत्रमा भएको हो।

हालसम्म प्राप्त जानकारीअनुसार हेलिकोप्टरहरू डढेलो निभाउने अभियानमा खटिएका बेला एकआपसमा ठोक्किएका हुन्। दुर्घटनाको कारण तथा मानवीय क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

युरोपभर लगातार आएको भीषण गर्मीका लहर हीटवेभका कारण ग्रीससहित धेरै युरोपेली देशहरू अहिले व्यापक डढेलोको चपेटामा परेका छन्।

आइतबार ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले देशले अत्यन्तै प्रतिकूल मौसमको सामना गरिरहेको बताउँदै आगामी दिनहरू अझै अत्यन्त कठिन हुने चेतावनी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार