शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार प्रदेश मधेस प्रदेश

अशान्त रहेको मधेस प्रदेशमा चहलपहल बढ्दै

सक्रिय न्युज · सोमबार, १८ साउन, २०८३ मा प्रकाशित
अशान्त रहेको मधेस प्रदेशमा चहलपहल बढ्दै
मधेश, साउन १८ :

अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल बढ्दै गएको छ ।

सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भएपछि बिहीबारदेखि मधेस प्रदेश तनाव ग्रस्त बनेको थियो । 

गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात्  मधेस प्रदेशमा लयमा फर्किन थालेको हो । 

धनुषा, सिरहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्युु तथा निषेधाज्ञा हटेको छ । उक्त स्थलमा यातायातका साधन सञ्चालन हुनाका साथै बजार सञ्चालनमा आएको छ ।   
    
स्थानीय विनोद साहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताए ।  

सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई सूचना जारी गर्दै आग्रह गरेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार