सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

लगानी बोर्डको सिइओमा याङ्की उक्याब नियुक्त

सर्ट लिस्टमा परेका आठ जनामध्येबाट उनलाई सिइओमा नियुक्त गरिएको हो।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० साउन, २०८३ मा प्रकाशित
लगानी बोर्डको सिइओमा याङ्की उक्याब नियुक्त
काठमाडौं, साउन २० :

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा याङ्की उक्याबलाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो। उनीसँगै सर्ट लिस्टमा डा. मुकुन्दप्रसाद पौड्याल, डा. सरोज कोइराला, सुमन सिंह बस्न्यात, जितेन्द्र धिताल, भक्तबहादुर शाही, मनोज पौडेल, र मधुप्रसाद भेटवाल  थिए। 

विकास अर्थशास्त्री उक्याब यसअघि लगानी बोर्डमै परामर्शदाताको रुपमा काम गरेको अनुभव छ । लगानी बोर्डको परामर्शदाता हुँदा उनले ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानीसम्बन्धी परियोजनामा संलग्न भएर काम गरेकी थिइन्।  उक्याब सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको अन्तर्राष्ट्रिय विशेषज्ञका रूपमा परिचित छिन्।  संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको प्यासिफिक कार्यालय (फिजी) मा सिनियर पोलिसी एडभाइजरको रुपमा काम गरेको उनको अनुभव छ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीति विषयमा स्नातकोत्तर तह अध्ययन गरेकी  उनले संयुक्त राष्ट्रसंघीय प्रणालीमा विकास अर्थशास्त्र, मानव विकास, आर्थिक उत्थानशीलता, जलवायु नीति, दिगो विकास र सामाजिक सुरक्षाजस्ता विषयमा काम गरिसकेकी छन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार