सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित #दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित
समाचार

धर्मको नाममा हुने विवाद अन्त्यका लागि दीर्घकालीन समाधानको पहल आवश्यक

· बिहीबार, २१ साउन, २०८३ मा प्रकाशित
धर्मको नाममा हुने विवाद अन्त्यका लागि दीर्घकालीन समाधानको पहल आवश्यक
काठमाडौं, साउन २१ :

मुस्लिम आयोगले धर्मको नाममा हुने विवाद अन्त्यका लागि दीर्घकालीन समाधानको पहल गर्नुपर्नेमा जोड दिएको छ । सिंहदरबार बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समिति बैठकमा मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष महमदिन अलीले धर्मको नाममा हुने विवाद अन्त्यका लागि क्षणिक रूपमा मात्र समस्या सुल्झाउनु भन्दा दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका हुन् ।

उनले धर्मको नाममा झैझगडा र बेथिति अन्त्य गर्नका लागि मुस्लिम आयोगले सद्भाव र शान्तिका लागि पहल गर्दै आएको जानकारी दिए। उनले समाजका केही अराजक तत्वहरूले गर्ने गलत कामका कारण शान्तिप्रिय नागरिक वा सिङ्गो समुदाय नै विवादमा मुछिने गरेको धारणा राखे ।

समाजका बहुसंख्यक नागरिकहरूले यस्ता बेथिति र विवादको विरोध गरिरहेकाले हिन्दु–मुस्लिम बीचको लडाइँ र भ्रम सिर्जना गर्न नहुने उनको भनाइ छ । बैठकमा आयोगले हालसम्म भएका कामकारवाहीका बारेमा जानकारी गराएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार