
काठमाडौं, साउन २३ :
जनता समाजवादी पार्टी जसपा नेपालसहित ७ दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रमको आयोजना गरी सव मोर्चाको घोषणा गरिएको हो।
जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा एक अवधारणा-पत्र जारी गर्दै मोर्चाको घोषणा गरेका हुन्।
संविधान संशोधन, सङ्घीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेन्डा बनाउँदै यी दलहरु मिलेर ‘अग्रगामी मोर्चा’ गठन गरेका छन्।
मोर्चामा तत्कालीन माओवादीका उपमहासचिव जनार्दन शर्मा र रास्वपा छाडेका सन्तोष परियार आबद्ध पार्टी प्रलोपा पनि जोडिएको छ।