
कपिल्वस्तु, साउन २४ :
कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह हराएको तीन दिनपछि मृत फेला परेका छन् । सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आज फेला परेको कपिलवस्तु प्रहरीले जनाएको छ।
पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो । सोही आधारमा खोजी गर्दै जाँदा उनको शव फेला परेको हो ।
सिंहको खोजीका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।६५ वर्षीय सिंह शुक्रबार कपिलवस्तु–३ स्थित घरबाट निस्किएको परिवारजनको भनाइ छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।