सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित #दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित#पूर्वअध्यक्ष कुल आचार्य#डीएनए परीक्षण कीट#प्रशासनमन्त्री प्रतिभा रावल#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित
राजनीति स्वास्थ्य

स्वास्थ्यमन्त्री मेहताको जवाफ : ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको होइन

लहानमा तत्कालका लागि अस्थायी प्रकारको ट्रमा सेन्टर बनाउन लागिएको हो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ साउन, २०८३ मा प्रकाशित
स्वास्थ्यमन्त्री मेहताको जवाफ :  ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको होइन
काठमाडौं, साउन २५ :

 स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्ने बिषयमा सत्यता नरहेको बताएकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक, शून्य तथा विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा नै सुविधान सम्पन्न ट्रमा सेन्टर निर्माण गरिने स्पष्ट पारिन्। उनले ढल्केबरमा ट्रमा सेन्टर निर्माण सम्पन्न हुन केही समय लाग्ने भएकाले तत्कालका लागि लहानमा अस्थायी प्रकारको ट्रमा सेन्टर बनाउन खोजिएकाले भ्रममा नपर्न आग्रह गरिन् ।

मधेस प्रदेशको सिरहास्थित लहान प्रादेशिक अस्पतालमा सिटी स्क्यान, जनशक्ति, ब्लड बैंक र बिरामीको चाप उपलब्ध रहेकाले तत्काल ट्रमा युनिट सञ्चालन गर्ने योजना रहेको उनले बताइन् । ढल्केबरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको दीर्घकालीन प्रक्रिया अगाडि बढिसकेको उनको भनाइ छ । उनले लहानको ट्रमा युनिट ढल्केबरको विकल्प नभई ढल्केबरमा भौतिक संरचना तयार नहुञ्जेलसम्मका लागि गरिएको अन्तरिम र व्यावहारिक व्यवस्था मात्र भएको स्पष्ट पारे ।

मन्त्री मेहताले एउटा ठाउँमा पूर्वाधार निर्माण भइरहँदा अर्को ठाउँमा तत्काल सेवा विस्तार गर्नु विरोधाभास नभएको र यसलाई क्षेत्रगत प्रतिस्पर्धा वा विवादको रूपमा नलिन आग्रह समेत गरिन् । यस विषयमा अनावश्यक विरोध वा आन्दोलन नगर्न र नागरिकलाई तत्काल सेवा पु¥याउने कार्यमा सहयोग गर्न जनप्रतिनिधि तथा सम्बन्धित पक्षहरूलाई उनले अनुरोध समेत गरिन्। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै स्थानीयवासीले सोमबार नै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका गरेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार