सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत #निशा मेहता#स्वास्थ्यमन्त्री#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत
राजनीति

चीनसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्ने : प्रधानमन्त्री शाह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ साउन, २०८३ मा प्रकाशित
चीनसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्ने : प्रधानमन्त्री शाह
काठमाडौं, साउन २५ :

प्रधानमन्त्री वालेन्द्र शाहले आज भारत र चीनका राजदूतहरुसँग छुट्टाछुट्टै छलफल गरेका छन् । एक महिनाअघि सामूहिक भेटेका प्रधानमन्त्रीले सोमबार दुई ठुला छिमेकी देशका राजदूतलाई छुट्टाछुट्टै डाकेर छलफल गरेका हुन् । सुरुमा उनले भारतका राजदूतसँग छलफल गरेका थिए, त्यसको केही समयपछि नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ। भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए ।

राजदूत माओमिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार