आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका तीन आरोहीको शव नेपाल ल्याइयो

श्रद्धाञ्जलीका लागि शव नेपाल पर्वतारोहण संघको कार्यालयमा राखियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ साउन, २०८३ मा प्रकाशित
ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका तीन आरोहीको शव नेपाल ल्याइयो
काठमाडौं, साउन २६ :

पाकिस्तानको ब्रोड पिक आरोहण क्रममा आएको हिमपहिरोमा परी मृत्यु भएका तीन आरोहीको शव नेपाल ल्याइएको छ । मंगलबार कतार एयरवेजको उडानबाट किली पेम्वा शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरणपछि शव यात्रा सहित तीन आरोहीको पार्थिव शरीरलाई नेपाल पर्वतारोहण संघको कार्यालयमा लगिएको छ । हिमपहिरोमा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’ को शव साउन २१ नै नेपाल ल्याइएको थियो । 

अर्का आरोही निर्मल पुर्जा (निम्स दाइ) को शव बेलायत लगिने भएको छ भने नवाङ थिन्दु शेर्पाको शव ल्याउन बाँकी छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार