बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद क्रिकेट

एसीसी प्रिमियर कपको तयारी : भारत जाने क्रिकेट टोलीको बिदाइ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ साउन, २०८३ मा प्रकाशित
एसीसी प्रिमियर कपको तयारी : भारत जाने क्रिकेट टोलीको बिदाइ
काठमाडौं, साउन २९ :

मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो । नेपाली टोलीले भारतमा तयारी गरेर त्यहाबाट नै एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने क्यानले जनाएको छ ।

एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा सुरु हुदैछ । विदाई कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विगतका गल्ती तथा कमजोरीहरूलाई पहिचान गरेर आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताए । टोलीमा अनुभवी खेलाडी र युवाको उत्कृष्ट मिश्रण रहेकाले आगामी समय निकै रोमाञ्चक हुने उनले बताए ।

उनले विगतलाई पछाडि छोडेर प्राप्त आलोचनाहरूलाई ग्रहण गर्दै त्यसको उचित जवाफ मैदानमा उत्कृष्ट प्रदर्शन गरेरै दिने प्रतिबद्धता जनाए । त्यस्तै मुख्य प्रशिक्षक स्टुअर्ट ल ले विश्वकप लिग–२ बाट पहिचान गरिएका कमजोरीहरूलाई सुधार गर्न र नयाँ योजनाहरू खेलाडीहरूमा विकास गर्न भारतमा गहन अभ्यास गरिने बताए । मलेसियाको पिच ’कम गति र स्पिनरलाई मद्दत पुग्ने’ खालको रहेकाले  नेपाली टोलीको स्पिनलाई थप फाइदा पुग्ने उनको भनाइ छ । त्यस्तै क्यान सचिव पारस खड्का नेपाली टोली भारतमा तयारी गरेर सिधै मलेसिया जाने बताए । उनले नेपाली टीमले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार