आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

आयल निगमको समन्वयमा ठिमीमा ग्यास वितरण,नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

ग्यास नागरिकले सहजरुपमा पाउन नसक्नुमा राज्यको कमजोरी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३१ साउन, २०८३ मा प्रकाशित
आयल निगमको समन्वयमा ठिमीमा ग्यास वितरण,नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य
भक्तपुर, साउन ३१ :

नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा ग्यास वितरण गरिएको छ ।

निगमका अनुसार आइतबार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो। ग्यास लिनका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। यस केन्द्र बाट नेपाल ग्यास, एचपि, सुर्य,सगर, एभरेष्ट, सुगम, एचटिसि  त्रिवेणी राजधानी र गिता कम्पनीका ग्यास वितरण गरिएको निगमले जनाएको छ ।  यस केन्द्रबाट अन्दाजी ३ हजार सिलिन्डरको हाराहारीमा वितरण गरिने नेपाल आयल निगमका सहजकर्ता रामचन्द्र पाण्डेले जानकारी दिए ।

भक्तपुरको मध्यपुर थिमीमा आइतबार ग्यास वितरण गरिने सूचना पाएपछि सर्वसाधारण बिहान ४ बजेदेखि नै ग्यासको प्रतीक्षामा बसेका छन्। ग्यास पाउने आशामा बिहानैदेखि लाइनमा बसेर आफ्नो पालो कुर्न बाध्य भएको उनीहरुले गुनासो गरेकाछन । उनीहरुले अत्यवश्यकरुपमा रहेको ग्यास नागरिकले सहजरुपमा पाउन नसक्नुमा राज्यको कमजोरी रहेको भन्दै गुनासो गरेकाछन ।

आइतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालय परिसर, पशु सेवा शाखा चपली, राधास्वामी कीर्तिपुर, तारकेश्वर नगरपालिका परिसर, नयाँबजारस्थित जुडो हल परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी बाट ग्यास वितरण गरिएको निगमले जनाएको छ । अत्यवश्यक हुनेले मात्र ग्यास लिन र स्टक नराख्नका लागि निगमले आग्रह समेत गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार