शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार प्रदेश मधेस प्रदेश

बारामा चार वर्षीया बालिकाको बलात्कारपछि ह*त्या, स्थानीयवासीद्वारा राजमार्ग अवरोध

घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान सुरू
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ भदौ, २०८३ मा प्रकाशित
बारामा चार वर्षीया बालिकाको बलात्कारपछि ह*त्या, स्थानीयवासीद्वारा राजमार्ग अवरोध
बारा, भदौ ३ :

बारामा चार वर्षीया बालिकाको बलात्कारपछि ह*त्या गरिएको भन्दै पीडित परिवारजन र स्थानीयले राजमार्ग अवरोध गर्दै प्रदर्शन गरेका छन् ।

तीन दिनदेखि हराइरहेकी जीतपुरसिमरा-१ भक्तिनगर टोलकी चार वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको आइतबार घरबाटै हराएकी बालिकाको शव मंगलबार परेको थियो । उनीहरूले दिउँसो १ बजेदेखि वीरगन्ज-पथलैया त्रिभुवन राजपथ अवरोध गरेका हुन् ।

दोषीलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध हुनुपर्ने भन्दै उनीहरूले राजपथ अवरोध गरेका हुन् । बालिकाको शव कलैया प्रादेशिक अस्पतालमा छ । गत साउन ३१ गते घरबाटै चकलेट थमाएर नजिकैको सुनसान घरमा लगेर बलात्कार गरी हत्या गरेको अवस्थामा शव मंगलबार साँझ फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मीनबहादुर घलेले बालिकाको हत्यामा संलग्नलाई व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार