मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
राजनीति

१५औँ महाधिवेशन रोक्न माग गरिएको निवेदन देउवाले सच्याउन भन्दै फिर्ता लगे

गगनको नेतृत्वमा हुने अधिवेशनहरूमा सहभागी नहुन शशांक कोइरालाको अपिल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ भदौ, २०८३ मा प्रकाशित
१५औँ महाधिवेशन रोक्न माग गरिएको निवेदन देउवाले सच्याउन भन्दै फिर्ता लगे
फाइल तस्बिर ।
काठमाडौं, भदौ ५ :

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेस गरेको निवेदनमा त्रुटि भएको जनाउँदै फिर्ता लगेका छन्।  १५ औँ महाधिवेशन रोक्न माग गर्दै देउवाले शुक्रबार दिउँसो वारेसमार्फत रिट पेस गरेका थिए। उक्त रिट अदालतमा अध्ययनकै क्रममा रहेको थियो । 

त्रुटी भएको खण्डमा निवेदकले फिर्ता लिन सक्ने व्यवस्था छ । सच्याएर ल्याउँछौँ भन्दै फिर्ता लिएर गएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले बताए। गगन थापा नेतृत्वले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै प्रक्रिया समेत सुरु गरिसकेको छ । संस्थापन इतर पक्षको हालै सम्पन्न भेलाले देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । सर्वोच्चबाट अन्तिम फैसला नहुँदासम्म दुबैपक्षलाई नेतृत्वको आश जागेको छ ।

कांग्रेसको आधिकारिकता गगन थापालाई दिने फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालतले निशा दिएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ ।उक्त फैसला पुनरावलोकनका लागि देउवा र खड्काले निवेदन दिएपछि सर्वोच्चले निस्सा दिएको छ। निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई कांग्रेसको आधिकारिकता प्रदान गरेपछि  सर्वोच्चले पनि त्यसैलाई सदर गरेको थियो ।

यसैबीच,नेता डा. शशांक कोइरालाले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले १५औं अधिवेशनहरूमा सहभागी नहुन अपिल गरेका छन्।
शुक्रबार संस्थापन इतर पक्षका नेताहरूको छलफलपछि डा. कोइरालाले प्रेस विज्ञप्ति जारी गरी त्यस्तो अपिल गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार