शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार प्रदेश कोसी प्रदेश

स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृ*त्यु, तीनजना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ भदौ, २०८३ मा प्रकाशित
स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृ*त्यु, तीनजना घाइते
उदयपुर, भदौ ८ :

उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृ*त्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

बेलका नगरपालिका–५ की अन्दाजी ३४ वर्षीया मन्दिरा मगर र नामथर, उमेर तथा ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिए ।

आज बिहान मदनभण्डारी राजमार्गको बेल्टार चतरा सडकखण्डको सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको कोप्र ५–१ ह ०६१३ नम्बरको अटोलाई विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बसले ठक्कर दिएको थियो ।

प्रहरी नायब उपरीक्षक बमका अनुसार अटोमा चालकसहित पाँच जना सवार रहेकामा सबै घाइते भएका छन् । घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकामा दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी दिए ।

दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का अन्दाजी २८ वर्षीय ईन्द्र थापा, मोरङको विराटनगर महानगरपालिका–१२ का अजित गुरुङ र बेलका–५ का १८ वर्षीय रोशन मगर घाइते भएका प्रहरी नायब उपरीक्षक बमले बताए । घाइते तीनै जनाको प्रतिष्ठानमा उपचार भइरहेको छ ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले बस र चालक बेलका नगरपालिका–५ का अन्दाजी ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार