शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

बाढीको जोखिम भएका तटीय बस्ती सुरक्षित स्थानमा सार्न रास्वपाको आग्रह

सक्रिय न्युज · बुधबार, १० भदौ, २०८३ मा प्रकाशित
बाढीको जोखिम भएका तटीय बस्ती सुरक्षित स्थानमा सार्न रास्वपाको आग्रह
काठमाडौं, भदौ १० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशीको बाढीबाट त्रिशूली तथा आसपासका तटीय क्षेत्रमा जोखिम बढेको जनाउँदै जोखिमयुक्त तटीय बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ ।

रसुवा र नुवाकोटका तटीय क्षेत्रका साथै चितवनसम्म बाढीको जोखिम रहेको भन्दै रास्वपाले बाढी पूर्वानुमान शाखाको सुझावअनुसार विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रलाई परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा नदी किनार तथा जोसुरक्षित तथा उच्च स्थानमा सर्न आग्रह गरिएको छ । अवस्था सामान्य नभएसम्म अत्यावश्यकबाहेक नदी तटीय सडकमा कुनै पनि प्रकारको यात्रा नगर्न पनि रास्वपाले आग्रह गरेको छ ।

आपत्कालीन अवस्था सिर्जना भए नेपाल प्रहरीको टोल–फ्री नम्बर १०० र आपत्कालीन नम्बर १२३४ मा सम्पर्क गर्न तथा जोखिममा परेका नागरिकको सुरक्षित उद्धार र पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार