बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

परराष्ट्र मन्त्रालयद्वारा विदेशी नागरिकको खोजीका लागि आपत्कालीन प्रतिकार्य टोली गठन

कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन ईआरटीले सहजीकरण गर्नेछ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ११ भदौ, २०८३ मा प्रकाशित
परराष्ट्र मन्त्रालयद्वारा विदेशी नागरिकको खोजीका लागि आपत्कालीन प्रतिकार्य टोली गठन
काठमाडौं, भदौ ११ :

रसुवा जिल्लामा गएको भोटेकोशीको बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको र विदेशी नागरिकसमेत बेपत्ता भएको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली (इआरटी) गठन गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै तत्काल प्रभावबाट गठन गरिएको इआरटीले बाढीबाट प्रभावित, बेपत्ता वा घटनासँग सम्बन्धित विदेशी नागरिकको खोज तथा उद्धार, सूचनाको प्रमाणीकरण तथा कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्ने जनाएको छ ।

मन्त्रालयका अनुसार विदेशी नागरिकसम्बन्धी आवश्यक सूचना सङ्कलन, सम्बन्धित निकायसँग समन्वय तथा परिवार र कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउन ईआरटीले सहजीकरण गर्नेछ ।

विदेशी कूटनीतिक नियोग, अन्तरराष्ट्रिय सङ्घसंस्था, बेपत्ता व्यक्तिका परिवार तथा सर्वसाधारणलाई रसुवाको बाढीसँग सम्बन्धित प्रभावित वा बेपत्ता विदेशी नागरिकबारे कुनै सूचना भए इआरटीको हटलाइन वा इमेलमार्फत जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ । त्यसका लागि +९७७–९७४४४४१२२७ र +९७७–९७४४४४१२२८ मा आपत्कालीन हटलाइन/ह्वाट्सएपमार्फत सम्पर्क गर्न सकिनेछ । दोस्रो नम्बरमा बिहान ७ः०० बजेदेखि राति १०ः०० बजेसम्म सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले विपद्सम्बन्धी अपुष्ट सूचना तथा विवरण प्रसारण नगर्न र घटनाबारे जानकारीका लागि आधिकारिक माध्यममा निर्भर रहन सबैलाई आग्रह गरेको छ । भोटेकोशीमा गएको बाढीबाट रसुवा जिल्लामा ठूलो क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेका बेला परराष्ट्र मन्त्रालयले विदेशी नागरिकसँग सम्बन्धित सूचना तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन इआरटी गठन गरेको हो । मन्त्रालयले घटनाको अवस्थाबारे समयमै आधिकारिक जानकारी तथा अद्यावधिक विवरण सार्वजनिक गर्ने जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार