शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

सक्रिय न्युज · शनिबार, १३ भदौ, २०८३ मा प्रकाशित
सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
काठमाडौं, भदौ १३ :

सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए  जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धार गर्न ८१ सुरक्षाकर्मी परिचालन भएका छन् ।

त्रिशूली थ्रि ए टनेल इलाकामा नेपाली सेनाका ६२ सहित सशस्त्र र नेपाल प्रहरी गरी ८२ जनाको टोली उद्धारमा खटिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाको कमाण्डमा शुक्रबारदेखि नै सो इलाकामा उद्धार इरहेको छ । शुक्रबार टनेलबाट १९१ जनाको सकुशल उद्धार गरिएको थियो । आज बिहान ८ बजेसम्म बाढीबाट प्रभावित स्वदेशी तथा विदेशी गरी दुई हजार २६५ जनालाई सेनाका हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ । उनीहरुलाई रसुवाको टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ इलाकाहरुबाट उद्धार गरिएको हो ।

प्रभावित जिल्लामा सेनाको करिब छ हजार ७ सयभन्दा बढी फौज खटिई समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण भइरहेको निर्देशनालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार