शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

चितवनमा भेटिएका शव सड्न थालेपछि डिएनए राखेर जमिनमुनि व्यवस्थापन गरिदै

शवहरू सडे गलेको अवस्थामा पुगेका र महामारी फैलिने उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले यस्तो निर्णय गरेको हो ।
सक्रिय न्युज · शनिबार, १३ भदौ, २०८३ मा प्रकाशित
चितवनमा भेटिएका शव सड्न थालेपछि डिएनए राखेर जमिनमुनि व्यवस्थापन गरिदै
चितवन, भदौ १३ :

रसुवा बाढीमा परी चितवन जिल्लाका विभिन्न स्थानबाट हालसम्म सङ्कलन गरिएका केही शवहरुलाई जमिनमुनि व्यवस्थापन गर्ने भएको छ ।

२ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा शवलाई यसरी व्यवस्थापन गर्ने  निर्णय गरिएको हो  ।

पहिचान भएका ४ वटा शव बाहेक बाँकी शवहरू सडे गलेको अवस्थामा पुगेका र महामारी फैलिने उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले यस्तो निर्णय गरेको हो ।

​होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटीय क्षेत्रबाट सङ्कलन गरिएका शव तथा शवका अवशेषहरू कुहिन थालेको र दुर्गन्धका कारण सङ्क्रमण एवम् महामारी फैलिने स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका थिए।

सोही राय र विश्लेषणका आधारमा शवहरूलाई थप सड्न–गल्न नदिन, सुरक्षित र कानुनी रूपमा व्यवस्थापन गर्न यो बाध्यता उत्पन्न भएको प्रशासनले जनाएको छ।

​जिल्ला सुरक्षा समिति चितवनको आज बिहान बसेको बैठकको निर्णयानुसार पहिचान नभएका तथा वेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम शवहरूको व्यवस्थापन गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जनाएका छन् ।

​भविष्यमा पहिचानका लागि सहज होस् भनेर शवहरूको डिएनए नमूना सङ्कलन गरी सङ्केत नम्बरका आधारमा विस्तृत अभिलेख सुरक्षित राखिने पनि जनाइएको छ।

शवहरूको अन्तिम संस्कार भरतपुर महा नगरपालिका वडा नं १ स्थित देवघाटको खुला स्थानमा जमिनमुनि व्यवस्थापन गरिने  विज्ञप्तिमा उल्लेख छ ।

बाध्यताका कारण शवहरूलाई जमिनमुनि व्यवस्थापन गर्नु परेको भन्दै जिल्ला प्रशासन कार्यालयले पीडित परिवारजनमा पर्न गएको असुविधा प्रति क्षमायाचना समेत मागेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार