शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ड्रिलिङ सुरु

सक्रिय न्युज · शनिबार, १३ भदौ, २०८३ मा प्रकाशित
त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ड्रिलिङ सुरु
रसुवा, भदौ १३ :

नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले त्रिशूली ‘थ्रि–ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु गरेको छ ।

सुरुङको बाहिरी भाग पत्ता लगाउने उद्देश्यले ‘ड्रिलिङ’ सुरु गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही भदौ १० गते आएको बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि शुक्रबारदेखि सुरक्षाकर्मीको संयुक्त टोली प्रभावित क्षेत्रमा परिचालित छ । उक्त क्षेत्रमा ६२ सैनिकसहित सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका ८२ सुरक्षाकर्मी खटिएका निर्देशनालयले जनाएको छ ।

प्रभावित जिल्लामा करिब सात हजारभन्दा बढी सैनिक परिचालन गरी घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार, राहत सामग्री वितरण तथा शव व्यवस्थापनको काम भइरहेको सेनाले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार