शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

त्रिशूली ३ ए मा उद्धारको प्रयास जारी

सक्रिय न्युज · शनिबार, १३ भदौ, २०८३ मा प्रकाशित
त्रिशूली ३  ए मा उद्धारको प्रयास जारी
काठमाडौं, भदौ १३ :

सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका नागरिहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ ।

नेपाली सेनाका अनुसार सुरुङको प्रवेशद्वारमा थुप्रिएको बाढी, लेदो तथा भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने काम तीव्र रूपमा जारी छ । एक्साभेटर लगायतका विभिन्न उपकरण तथा औजारको प्रयोग गरी निरन्तर लेदो र भग्नावशेष पन्छाउने काम भइरहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली प्राथमिकताका साथ खोजी तथा उद्धारमा जुटिरहेको छ ।

प्रतिकूल मौसम र भौगोलिक चुनौतीका बाबजुद संयुक्त टोलीले सुरुङको मुख खोलेर उद्धारकार्यलाई अघि बढाउन निरन्तर प्रयास गरिरहेको छ । सुरुङको प्रवेशद्वार नै पुरिएकाले लेदो हटाउने काम पूरा हुनासाथ टोलीभित्र प्रवेश गर्नेछ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार