शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

चीनले भन्यो : ल्हेन्दे खोलामा बनेको तालको २० लाख घनमिटर पानी आफैं बाहिरियो

जम्मा भएको पानी लगभग पूर्ण रूपमा बाहिरियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ भदौ, २०८३ मा प्रकाशित
चीनले भन्यो :  ल्हेन्दे खोलामा बनेको तालको २० लाख घनमिटर पानी आफैं बाहिरियो
काठमाडौं, भदौ १४ :

चीनको जलस्रोत मन्त्रालयले ल्हेन्दे खोलामा बनेको तालबाट पानी पूर्ण रूपमा आफैं बाहिरिएको जनाएको छ ।  मन्त्रालयका अनुसार उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो ।

चिनियाँ  अनुगमन टोलीको पछिल्लो विवरणअनुसार अहिले  तालबाट सामान्य प्राकृतिक प्रक्रियामार्फत पानी बगिरहेको छ । त्यहाँ जम्मा भएको पानी लगभग पूर्ण रूपमा बाहिरिइसकेको छ ।

गत भदौ १० गते हिमचट्टानसहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढी आएको थियो त्यसैले ल्हेन्दे खोला पनि थुनेको थियो ।आइतबार बिहान पुन: भोटेकोशी एवं त्रिशूली नदीमा बढेको पानीको बहावले  त्रिशूलीले नुवाकोट र धादिङमा तटीय क्षेत्रमा कटानसमेत गरेको छ । 

बाढीले गोरखाको घ्याल्चोक र धादिङको चरौंदी जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल बगाएको छ ।  नदी कटानले कृष्णभिरमा पहिरो जाँदा मुग्लिन-काठमाडौं सडक पूर्ण रूपमा अवरुद्धसमेत भएको छ ।  

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार